from Sweet memories in BUDDHA ACADEMY http://ift.tt/1I9Q6zg
via IFTTT
Jul 5, 2016
BABS is in News Media these days. What happen when water get full in bucket ? What is really going on our Lovely School.... बुद्ध एकेडेमीमा वाङछेन शेर्पाको दादागिरी Posted By News24Nepal.com || Date: 5 July, 2016 काठमाडौं । जोरपाटीमा रहेको वुद्ध एकेडेमीमा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त भएका सोनाम वाङछेन शेर्पाले दादागिरी देखाएका छन् । जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतम र प्रहरी प्रशासनको आडमा विद्यार्थीहरुलाई अभद्र व्यहार गर्दै आएका शेर्पाले मंगलवारबाट सुरक्षा गार्डको रुपमा २१ जना व्यक्तिलाई गुण्डागर्दी गर्न स्कूल छिराउने कोसिस गरेका थिए तर विद्यार्थीहरुले त्यसको कडा प्रतिवाद गरेपछि स्कूलमै झडपको अवस्था सिर्जना भएको थियो । जिल्ला शिक्षा अधिकारी गौतमलाई प्रभावमा पारेर व्यवस्थापन समितिको अध्यक्ष हत्याए लगत्तै विद्यार्थीहरु आक्रोशित भएका हुन् । शेर्पाले दाताहरुले रकम दिएपनि विद्यार्थीलाई किताव कापी र वस्ने खाने व्यवस्था नगरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । विद्यालयमा बढ्दै गएको भ्रष्टाचार र अनियमितता रोक्न विद्यार्थी स्वयम् सक्रिय भए पनि त्यो प्रयास अझै सफल भएको छैन । विदेशी दाताहरुले दिएको रकम हिनामिना गर्ने र पढ्ने वातावरण विथोल्न खोज्नेलाई कारवाही हुनु पर्ने माग गर्दै विद्यार्थीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन् । काठमाडौंको जोरपाटीमा रहेको वुद्ध एकेडेमीका स्कूले छात्रा र छात्राहरुले स्कूलकै पोशाकमा अख्तियार पुगेर अनियमितता गर्नेलाई कारवाही होस भनेर निवेदन दिएका हुन् । विद्यालयको शैक्षिक वातावरण विगार्नेलाई कारवाही गर, विद्यालय भित्रको भ्रष्टाचार अन्त्य होस्, भ्रष्टाचार विरुद्ध अख्तियारको अभियानलाई सम्मान गरौं जस्ता प्ले कार्ड बोकेर विद्यार्थीहरुले आइतवार अख्तियारको केन्द्रीय कार्यालय टंगाल वाहिर धर्ना दिएका हुन् ।

via Sweet memories in BUDDHA ACADEMY http://ift.tt/29g7b4P
Subscribe to:
Posts (Atom)

